गाँउपालिकाका विद्यालय बन्द

तुलसीपुर, १६ जेठ | गर्मि बढेपछि दाङको शान्तिनगर गाँउपालिकाका निजि तथा सामुदायिक विद्यालय एक हप्ता बन्द हुने भएका छन् । गाँउपालिकाको शिक्षा शाखाले वर्षेविदा कटौति गर्ने गरी भोलिदेखि एकहप्ता सम्म संस्थागत तथा नीजि विद्यालय बन्द गर्ने भएको हो ।

Buddha International Hospital

Advertise with us

गर्मिले विद्यालयमा खोनेपानीको अभाव भएको , विद्यार्थीहरु विरामी पर्न थालेको लगायतका समस्या देखिएको भन्दै शिक्षा शाखाले भोलिदेखि एकहप्ता सम्म गाँउपालिका भित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बढ्दो गर्मिका कारण विद्यार्थीलाई समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको गाँउपालिकाका प्रमुख कमानसिंह डाँगीले बताउनुभयो ।

गर्मि बढेपछि यसअघि पनि घोराही उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका, बबई र दंगिशरण गाँउपालिकाका विद्यालय पनि बन्द भएका छन् ।

Advertise with us