कृषकलाई तरकारी खेतीमा आकर्षित गर्न टनेल

Advertise with us

 दाङ,  जेठ १६। दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषकलाई वेमौसमी तरकारी खेतीतर्फ आकर्षित गर्न अनुदानमा टनेल वितरण गरेको छ । व्यावसायिक तरकारी खेती गर्ने किसानहरुलाई लक्षित गर्दै पहिलो चरणमा १०३ ओटा टनेल वितरण गरिएको हो ।

प्रतिटनेल रू. ५ हजार ३०० पर्ने टनेललाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उपमहानगरपालिका कृषि शाखाका प्राविधिक सहायक कुलराज चौधरीले बताए ।  ‘वेमौसमी तरकारी खेतीका लागि टनेल आवश्यक पर्छ’, उनले भने, ‘किसानहरुलाई राहात होस् भनेर ५० प्रतिशत अनुदानमा वितरण गरेका हौं ।’

Buddha International Hospital

कृषिबाटै किसानको जीवनस्तर सुधार गर्ने लक्ष्य र उद्देश्यका साथ टनेल वितरणलगायतका विभिन्न कृषि योजना ल्याएको नगरप्रमुख घनश्याम पाण्डले बताए ।

Advertise with us