एम.एस. अटोको एक्सचेन्ज क्याम्प

घोराही,१८ कार्तिक । एम.एस.अटोले मोटरसाइकल एक्सचेन्जको बहार ल्याएको छ । नेपालीहरुको महान चाड तिहार अर्थात भाईटिकाको शुभ अवसरमा सुजुकीको घोराहीका आधिकारिक बिक्रेता एम.एस. अटोले मेगा एक्सचेन्ज क्याम्पको आरम्भ गरेको छ ।

Buddha International Hospital

Advertise with us

यही कार्तिक १८ गते देखि २७ गते सम्म चल्ने एक्सचेन्जमा कुनैपनि कम्पनीका पुराना मोटरसाइकलको बजारमा लगाइएको निर्धारित मुल्य भन्दा रु.१५ हजार बढी दिने एम.एस.अटोका सञ्चालक माधव योगीले बताउनु भयो ।

साथै ग्राहकहरुको सेवा-सुविधाका लागी मोटरसाइकल तथा स्कुटीको खरिदमा विभिन्न किसिमका उपहारहरु,स्क्र्याच कुपन,मोटरसाइकल एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको योगीले बताउनु भयो ।