भगवती माविमा गणतन्त्र दिवस

 

घोराही उपमहनगरपालिका १९ को भगवती मावि सैघाले गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा भलिवल, चक्लेट, चम्चा , हिसाव र कुर्षी दौड प्रतियोगिता गरेको विद्यालयले जनाएको छ । सदनस्तरीय भलिवल प्रतियोगितामा निलो सदन प्रथम भएको थियो । त्यसैगरेर चक्लेट दौड प्रतियोगितामा दिलमाया थापा प्रथम, इन्द्रबहादुर पुन दोस्रो र कृष्णबहादुर पुन तेस्रो भएका थिए । चम्चा दौड छात्रामा सिर्जना गिरी प्रथम, यमकली घर्ती दोस्रो र सुस्मिता विक तेस्रो भएका थिए । हिवास दौड प्रतियोगितामा सिर्जना गिरी प्रथम, रमिता घर्ती दोस्रो र तेस्रो दिपना पुन तेस्रो भएका थिए । कृर्षी दौड छात्रामा मनिषा घर्ती प्रथम, अमृता घर्ती दोस्रो र अनिता घर्ती तेस्रो भएको विद्यालयका प्रधानाध्यापक देविबहादुर घर्तीले बताए । प्रतियोगितमा विजयी विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *