विदेश जाने घटे तर विप्रेषण बढ्यो


दाङ, १६ जेठ ।
सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्ने क्रममा वैदेशिक रोजगारीमा जानेको संख्या ३९ प्रतिशतले घटेको जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा वैदेशिक रोजगारीका लागि जानेको संख्या करिब आधाले घटेपनि रेमिट्यान्स अर्थात् विप्रेषण भने २१ प्रतिशतले रेमिट्यान्स बढेको अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गर्नुभयो ।

Advertise with us

सरकारले योगदानमा आधरित सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ । बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउनका लागि एक अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसबाट ८३ हजार युवालाई सीप सिकाउने सरकारको लक्ष्य छ ।

Buddha International Hospital

बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बिशेष जोड दिएको छ । बेरोजगार सूचीमा परेकालाई रोजगारी सृजना गर्न पाँच अर्ब एक करोड बजेट बिनियोजन भएको छ । श्रम सम्बन्धी अन्तराष्ट्रिय श्रम समझदारीलाई कार्यान्वयनमा जोड दिदै वैदेशिक रोजगारी व्यवस्थापनका लागि सात अर्ब १४ करोड बिनियोजन भएको छ ।

आगामी बर्षका लागि बिनियोजन भएको बजेट श्रम र वैदेशिक रोजगारीको क्षेत्रमा कत्तिको उपलब्धीमुलक देखिन्छ ? वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराई यसपटकको बजेट खास नयाँ कुरा दिन नसकेको बताउनुहुन्छ । वैदेशिक रोजगारीबाट फर्कीएका युवालाई जैविक कृषी व्यवसायमा लाग्न जोड दिने योजना सरकारको छ ।।

Advertise with us