सल्यान रयाँजेखोलाका स्थानिय माग : मोटरबाटो र सिचाई


सल्यान, १६ जेठ ।
२० घरधुरि मात्रै रहेको सल्यान सिनवाङको रयाँजेखोलाका नागरिकले गाउँसम्म मोटरबाटो र सिंचाइ पानी माग गरेका छन् । गत वर्ष ७ लाख र यस वर्ष ४ लाख रुपैयाँ खर्च गरेर कपुरकोट गाउँपालिकाले रयाँजे खोला सम्म सडक पुर्याउने प्रयास गरिरहेको छ ।

Advertise with us

Buddha International Hospital

सातमुल रयाँजेखोला मोटरबाटो निर्माण योजनाको अनुगमनमा गएको टोलिसंग स्थानियले अवको नयाँ आर्थिक वर्षमा गाउँसम्मै मोटरबाटो निर्माण गरिदिन अनुरोध गरेका हुन् । स्थानिय गोपाल सिंह वोहोराले अहिले सम्म कपुरकोट ६ को छाँयानाथबाट पुर्केपानी सम्म आइपुगेको र अझै गाउँसम्म पुग्न २ किलोमिटर बाँकी रहेको बताउनु भयो ।

यता कपुरकोट गाउँपालिकाले बाटो, विजुली, खानेपानी जस्ता सुविधा हरेक वस्तीमा पुर्याउने प्रयासमा लागीरहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले केहि वस्ती र गाउँ वाहेक आफ्नो गाउँपालिकाको प्राय सबै ठाउँमा मोटरबाटो पुगीसकेको बताउनु भएको छ ।।