ट्राफिक नियम पालना गरे दुर्घटना न्युनीकरण हुन्छ

तुलसीपुर, १५ जेठ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिको आयोजनामा सवारी दुर्घटना न्युनीकरण सम्वन्धि सचेतना कार्यक्रम बुधवार तुलसीपुरमा सम्पन्न भएको छ । यातायात मजदुरुहरु सहभागिता रहेको कार्यक्रममा तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसीले प्रशिक्षण दिदै यातायात मजदुरहरुले आफनो आनीबानीमा सुधार ल्याउनु पर्ने बताएका छन् ।

Buddha International Hospital

Advertise with us

सवारी दुर्घटना हुनुको धेरै कारण मध्ये चालकको लापरवाहि धेरै भएको भन्दै यस प्रति यातायात मजदुरहरु सचेत हुनुपर्ने बताएका छन् । यातायात मजदुरहरुले पुर्ण रुपमा ट्राफिक नियम पालनामा गर्न सकेमा सवारी दुर्घटनामा धेरै कमि आउने उनको भनाई थियो ।

नगर कमिटिका अध्यक्ष केसव बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको छ । संगठनले सवारी दुर्घटना न्युनीकरण गर्नका लागी विगत केहि समय देखी प्रत्येक महिनाको १५ गते सचेतना कार्यक्रम गदै आएको छ । कार्यक्रमको सहजीकरण सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए ।