आर्थिक वर्ष २०७६/७७ को बजेटमा दाङ

माडी–दाङ डाईभर्सन र टरिगाउँ बिमानस्थलको स्तरबृद्धि

दाङ, जेठ १५ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा दाङका दुइ वटा ठुलो आयोजना समावेश भएको छ । लामो समयदेखि चर्चामा रहेको माडी दाङ आयोजनालाई सरकारले रातो किताबमा पारेको छ, भने तुलसीपुर स्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतीको योजनाका लागि बजेट विनियोजन भएको छ ।

माडी–दाङ डाईभर्सनको बिस्तृत अध्ययन गर्न बजेट ब्यबस्थापन गरिएको छ । सरकारको आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. अर्थमन्त्री युवराज खतिवडाले यसका लागि बजेट ब्यबस्थापन गरेको जानकारी दिनुभयो । बिगतका बर्षहरुमा पनि यसका लागि बजेट बिनियोजन भएको थियो । दुई बर्षभित्र बिस्तृत अध्ययन गरि काम शुरु गर्ने सरकारको योजना रहेको छ ।

Buddha International Hospital

यस्तै दाङको तुलसीपुर १२ स्थित टरिगाउँ बिमानस्थलको स्तरबृद्धिका लागि बजेट बिनियोजन भएको छ । अहिले टरिगाउँमा बिमानस्थलको धावनमार्ग सात सय ५० मिटर लम्बई र ३० मिटर मात्रै चौडाई हुँदा ठूला बिमान नियमित सञ्चालन हुन सकेका छैनन् । त्यसैले यस बर्षको बजेटले धावनमार्ग विस्तार गरी ठूला बिमान चल्न सक्ने बनाउन बजेट बिनियोजन गरिएको छ ।

Advertise with us

यस्तै प्युठानको नौमुरे जलविद्युत आयोजना र स्वर्गद्धारीमा विमानस्थल निर्माणको लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले नौमुरे जलविद्युत आयोजनाको प्रारम्भिक कार्य गर्नका लागि बजेट विनियोजन बनाएको छ, भने स्वर्गद्धारी क्षेत्रमा विमानस्थलको सर्वे हुने भएको छ ।