बोलि, ब्यबहार र आचरणमा परिर्बतन हुन जरुरी

देउखुरी, मंसिर | प्रदेश शभा सासद सरस्वति गौतमले पुरुषबादी सोच र सस्कारका कारण समाजमा लैङिगिक बिभेदले प्रश्रयपाएको बताउनुभएको छ । सबैधानको मौलिकहकले लिङगको आधारमा कसैलाइइ पनि फरक गरिने छैन भनियता पनि त्यसको कार्यान्वयनका लागी गाउगाउका महिला पुरुषहरुमा सकारात्मक सोचको बिकाश हुन जरुरिरहेको गौतमले बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

छोरी भएकै कारण महिलाहरु गर्भमै मारिनुपर्ने, छोराी भएकै कारण छोरीहरुले बलात्कारको शिकार भई पुरा उमेर बाच्न नपाउने यि र, यस्ता समस्याहरुको जड भनेकै पृतृसत्तात्मक सोच र सस्कारको जड भएकोले यस्ता बेथिति अन्त्य गर्न र समाजमा जागरण पैदा गर्न १६ दिने अभियानले खबरदारि गर्ने गरेको बताउनुभयो । लमही नगरपालिकाको आयोजनामा सोमबार लमही नगरपालिका वडा नम्बर ८ का कार्यालयपरिसरमा भएको कार्यक्रममा बोल्दै गौतमले यस्तो बताउनुभएको हो ।

लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मेघनारायण चौधरीले महिला हिंसा हुनुको मुख्य कारण खुल्ला मदिरा भएको बताउदै लागु पर्दाथको सेवनले हुने हिंसा घटाउन वडा नम्बर ८ का महिलाहरु सचेत हुन जरुरीरहेको बताउनुभयो । महिलाहरुलाई मदिरा रहित वडा बनाउनका लागी सक्रिय हुन पनि आह्वान गर्नुभयो ।

लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको अध्यक्षता तथा कार्यपालिकाका सदस्य राधा केसिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष योगमाया शाही, महिलामानब अधिकार रक्षकहरुको क्षेत्रिय सजालका अध्यक्ष द्रोपदि पौडेल, मेलमिलाप सयोजक मानबहादुर चौधरी, महिला बालबालिका शाखाका सह अधिकृत कल्पना खनाल कार्यपालीका सदस्य नारायणि खड्का, कर्मठ महिला सहकारीका अध्यक्ष देबिमाया थापा, लगाएतले लैङगिक हिसा न्युनिकरण गर्नका लागी बोलि, ब्यबहार र आचरणमा परिर्बतन हुन जरुरीरहेको कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमको संचालन लमही नगरपालिकाका कर्मचारी निर्मला चौत्ररीले गनुभएको थियो ।

Advertise with us