खुकुरी प्रहारको अर्को घटना : उदयपुरमा ज्वाईंले जेठानलाई खुकुरी हाने

दाङ, जेठ १५ । पछिल्लो समय हत्याका घटनाहरु बढ्दै गैरहेका छन् । उदयपुरमा एक युवकले आफ्नै जेठानलाई खुकुरी प्रहार गरेका छन् ।

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा बेलका नगरपालिका–६ लामीडाँडा बस्ने ४१ वर्षीय छत्र बहादुर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

Buddha International Hospital

घरमा पारिवारिक जमघट भइरहेको अवस्थामा छत्रबहादुरले आफ्नै जेठान ४१ वर्षीय देविन राईलाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

Advertise with us

छत्रबहादुरलाई १ थान खुकुरी सहित पक्राउ गरिएको हो । घाइते देविन राईलाई उपचारको लागि धरान लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertise with us