वनमा आधारित उद्यम गर्न सुझाव

दाङ, जेठ १४ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङको आयोजनामा देउखुरीका सरोकारवालासँग नमुना सामुदायिक वनको अभ्यास तथा सिकाई आदान–प्रदान गोष्ठी मंगलबार देउखुरीको गढवामा सम्पन्न भएको छ ।

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा एंव गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यता र वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला महासंघका सचिव जानका केसीले हरियो वन कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्ला महासंघका प्रवक्ता हेमराज शर्माले हरियो वन कार्यक्रम अन्र्तगत नमुना सामुदायिक वनका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Buddha International Hospital

कार्यक्रमका बोल्ने बक्ताहरुले पछिल्लो समय दाङमा वर्षेनी सिमेन्ट उद्योग खुल्दै जानु, वन क्षेत्रमा डढेलो लाग्नु, वन पैदावारको चोरी निकासी बढ्नु, वनको संरक्षण र शुसासनतर्फ धेरैले ध्यान नदिनु जस्ता समस्या बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन । पछिल्लो समय सामुदायिक वनमाथि थुप्रै चुनौती देखिएको भन्दै सवैको साझा प्रयासबाट मात्रै ती चुनौतीलाई पार गर्न सकिने बताएका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वन समूहहरुले गाउँमा थुप्रै काम गरेको भन्दै अवका दिनमा यसलाई अझ प्रभावकारी ढंगले अघी बढाउनु पर्नेमा जोड दिएका छन ।

Advertise with us

कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सामुदायिक वनमा रहेको कच्चा पदार्थमा आधारित उद्यम चलाउनका आफूले योजना बनाइरहेको बताउनुभयो । देउखुरीका सामुदायिक वनमा थुप्रै प्रकारका उद्योग चलाउन सकिने भन्दै त्यसको शुरुवात गढवा गाउँपालिकाले गरेको बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि उमाकान्त पन्तले वन क्षेत्रको संरक्षणबाट मात्रै राज्यले परिकल्पना गरेको विकास गर्न सक्ने बताउनुभयो ।

स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सव डिभिजन गढवाका प्रमुख शिवकुमार महतो, वन महासंघ राजपुरका अध्यक्ष रामवरण यादव जिल्ला महासंघ न्यायिक समिति सदस्य रामलक्ष्मण साह, गढवाकी उपाध्यक्ष रुमा अर्याल, न्यायिक समिति संयोजक चित्र महतरा, समाजसेवी गुणनिधि शर्मा, सहजकर्ता डिल्लि डाँगी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला महासंघका सदस्य रोहवरबहादुर केसीले गर्नु भएको थियो । हरियो वन कार्यक्रमको सहयोगमा गढवा गाउँपालिका वडा नं १ स्थित कुलपानी सामुदायिक वन समूहलाई नमुना सामुदायिक वनका रुपमा अघी बढाइ बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।

Advertise with us