महेन्द्र माविमा स्मार्टकार्डबाट सेनेटरी प्याड

Advertise with us


तुलसीपुर, १५ जेठ ।
महिनावारीका कारण धेरै छात्राले पढाई छोडन थालेपछि दाङको एक विद्यालयले निशुल्क विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरेको छ । तुलसीपुर—१२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले स्मार्ट कार्डबाट प्राप्त गर्न सकिने गरी विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

Advertise with us

विद्यालय अवधिमा महिनावारी हुने बालिकाले स्मार्टकाड देखाउने बित्तिकै सेनेटरी प्याड प्राप्त गर्न सक्ने तुलसीपुर उपमहानगरपालिका—१२ का अध्यक्ष श्याम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार स्मार्ट कार्ड बनाउँदा लाग्ने २ रुपैँया वडा कार्यालयले रिचार्ज गरिदिने व्यवस्था गरेको छ ।

Buddha International Hospital

विद्यालयमा स्मार्टकाडबाट सेनेटरी प्याड प्राप्त गर्न सकिने भएपछि छात्राहरुले पढाई छोड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । बालिकाले कार्ड नभए २ रुपेँया आफै दिएर पनि प्याड प्राप्त गर्न सक्ने अध्यक्ष डाँगीले बताउनुभयो ।।