बजेट खर्चमा लक्ष्य नजिक पुगेको दाबि

राजश्व संकलनमा निराशाजनक

जीतसागर जी.एम./ तुलसीपुर , १५ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले बजेट खर्चमा लक्ष्य नजिक पुगेको दाबि गरेको छ । उपमहानगरपालिकाले मंगलबार गरेको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले बजेट फ्रिज हुने अवस्थालाई शुन्यमा झार्न बजेट खर्चमा लक्ष्य नजिक पुगेको दावि गर्नुभएको हो ।

नगर प्रमुख पाण्डेले चालु वर्षमा बिनियोजित बजेट मध्ये करिब ६८ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकामा १ अरब ७ करोड ९२ लाख ९७ हजार २ सय ७० रुपैया ९७ पैसा मध्ये ८२ करोड ६६ लाख २८ हजार ७ सय २१ रुपैया ८३ पैसा खर्च भएको छ ।

Buddha International Hospital
Advertise with us

नगरप्रमुख पाण्डेले उपमहानगरपालिका१ अरब ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ बजेट बिनियोजन गरिएको बताउनुभयो । बिनियोजित बजेट मध्ये ४९ करोड ४८ लाख ९३ हजार ९ सय ३६ रकम अझै निकासा हुन नसकेको उहाँको भनाई छ ।

बजेट र्खचमा उपमहानगरपालिका लक्ष्य नजिक पुगेपनि राजश्व संकलनमा निराशाजनक रहेको छ । तथ्याङक अनुसार उपमहानगरपालिकाले चालु वर्षमा ५७ दशमलव ७६ प्रतिशत राजश्व संकलन भएको छ । उपमहानगपालिकाले चालुवर्षमा १४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेपनि ८ करोड ८ लाख ६३ हजार ७६ राजश्व संकलन गरेको छ ।

उपमहानगरपालिकाले चालु वर्षमा लक्ष्यको करिब ७० प्रतिशत राजश्व संकलन गर्ने अनुमान गरेको छ । यस्तै उपमहानगरपालिकाले चालु वर्षमा २७ प्रतिशत योजनहरु सम्पन्न हुन नसकेको जनाएको छ । नगरप्रमुख पाण्डेले चालुवर्षमा बिनियोजन गरेका १ हजार ४ सय ७६ योजनामध्ये १ हजार ८२ योजना सम्पन्न भएको जानकारी दिनुभयो । उपमहानगरपालिकामा अझै पनि ३ सय ९४ योजना सम्पन्न हुन सकेका छैन् ।

उपमहानगरपालिकाले गौरबका योजनामा आधुनिक बस टर्मिनल भवन निर्माण भएको, अटो भिलेज संचालनमा आएको, तुलसी ट्रेड टावरको डिपिआर र भवन डिजाइनको प्रक्रिया सम्पन्न गरेको छ । यस्तै उपमहानगरपालिकामा चालुवर्षमा १४ दशमलव ९ किलोमिटर कालोपत्रे , ५१ दशमलव ६ किलोमिटर ग्राभेल, ३९ किलोमिटर कच्ची सडक भएको छ ।।

Advertise with us