गर्मीका कारण ५ दिन विद्यालय बन्द

घोराही, १४ जेठ | घोराही उपमहानगरपालिकाले गर्मीका कारण पढाईमा असर परेको भन्दै ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । घोराही उपमहानगर नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिती पनि न्यून हुदै गएपछि यही जेठ १६ गते देखी २१ गते मंगलबार सम्म ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Buddha International Hospital

Advertise with us

नगर शिक्षा समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले गर्मी बढ्दै जाँदा पढाई प्रभावित भएका सूचनाहरु आएपछि बर्षे बिदा कटाउने गरी ५ दिन सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय भएको हो । यस अघि निजि विद्यालयहरुले आज देखी आगामी सुक्रबार सम्म गर्मी बिदा दिईसकेका छन् ।।

Advertise with us