इच्छुकको स्मृती दिवस मनाइयो, बरिष्ठ पत्रकार शर्मा सहित तीन जना सम्मानित

रीता लामा
घोराही, १४ जेठ । शहिद कृष्णसेन इच्छुकको १७ औँ स्मृति दिवस सोमवार दाङ लगायत देशभर मनाइएको छ । दाङमा पनि शहिद इच्छुकको सम्झनामा अन्तरक्रिया, पुरस्कार तथा सम्मान कार्यक्रम गरि मनाइएको हो । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस संगठन तथा जनसांस्कृतिक महासंघको संयुक्त आयोजनामा कार्यक्रममा गरिएको थियो ।

Advertise with us
कार्यक्रममा विगत साढे चार दशक देखि निरन्तर पत्रकारकामा सक्रिय बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मालाई प्रेस संगठन नेपालले स्थापना गरेको इच्छुक स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित गरिएको छ । २०३० सालमा आफै पत्रिकाको प्रकाशन सुरु गरेर पत्रकारीता थालेका बरिष्ठ पत्रकार शर्मा अहिले पनि पत्रिकामा निरन्तर लेख लेख्ने र रेडियोमा कार्यक्रम चलाउने गर्छन् । उमेरले ८८ बर्ष पुगेका शर्मा नेपाली पत्रकारीताको जीउँदो इतिहास मानिन्छन ।

Buddha International Hospital


यस्तै कार्यक्रम नेपाल पत्रकार महासंघले स्थापना गरेको इच्छुक स्मृति पत्रकारीता पुरस्कारबाट महासंघका पुर्व अध्यक्ष केएल पीडितलाई सम्मान गरेको छ । महासंघका सल्लाहाकार समेत रहेका पीडित ससस्त्र द्धन्द्धको समयमा युद्ध पत्रकारीता गरेका व्यक्ति पनि हुन् । उनी पत्रकारीतासँगसँगै कला क्षेत्रमा पनि सक्रिय छन् ।
लामो समय देखि सक्रिय राजनीतिमा लागेका नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्यलाई जनसांस्कृतिक महासंघले स्थापना गरेको इच्छुक साहित्य पुरस्कारबाट पुरस्कृत भएका छन् । तत्कालिन ससस्त्र युद्धको समयमा जेलमा रहदा सौगात आचार्यको नामबाट निरन्तर कथा, कविता लेख्दै आएका शर्मालाई महासंघले साहित्य पुरस्कार दिएको हो ।


कार्यक्रममा प्रगतिशिल लेखक संघका निर्वतमान अध्यक्ष डा.अमर गिरीले पुरस्कार एवम सम्मान पाउने सबैलाई माला एवम दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान पछि कार्यक्रमलाई सम्वोधन गर्दै लेखक डा.गिरीले शहिद कृष्ण सेन इच्छुक सबै क्षेत्रमा प्रखर वक्ता भएको हुदाँ उनले लगाएको गुनलाई कसैले पनि भुल्न नहुने बताए । उनले इच्छुकको सैद्धान्तीक, बैचारिक पाटो मात्रै नभएर व्यक्तिगत कारणले पनि उनीप्रतिको सम्मान गर्नु महत्वपुर्ण रहेको बताए । साथै राजनीतिक आन्दोलनमा जनता र नेताको बीचमा स्वगीय इच्छुकले सेतुको काम गरेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले आलोचनात्मक विचार राख्ने जनताहरुलाई सम्मान गर्नुपर्ने बताए । साथै पछिल्लो समय जनताहरुमा बढी निरासा देखिएको हुदाँ शक्तिमा रहेकाहरुले जनतालाई उत्साहित बनाउने समय आएको बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्दिय सचिव उदय जिएमले इच्छुकको प्रसंसा गर्दै उनी एकदमै नैतिकवान व्यक्तित्व भएको बताए । राजनीतिक, पत्रकारीता र साहित्यमा इच्छुकको योगदान अतुलनिय रहेको बताए ।
यस्तै कार्यक्रममा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले इच्छुकको बारेमा धारणा राख्दै आफ्ना व्यक्तिगत स्वार्थलाई विर्सेर सामान्य जनताका निम्ती समर्पित व्यक्तिको रुपमा इच्छुक स्थापित भएको बताए । उनले पछिल्लो समय पत्रकारीतामा एकदमै छाडापन आएको बताए । साथै यस्ता छाडापनलाई नियमन गर्नको लागि सहि निति नियमको आवश्यक रहेको औल्याए ।


कार्यक्रममा बुद्धिजिवी संगठनका चुनचुन केसी, पे्रस स्वतन्त्रता सेनानी सुशिल गौतम, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेकपाका सल्लाहाकार एवम पुस्कृत व्यक्तित्व निर्मल आचार्य, नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, डायमण्ड शर्मा लगायतले सेन पत्रकारीतामा इमान्दार, बर्गिय आन्दोलनका पक्षधर एवम सच्चा माक्र्सवादी साहित्यकार भएको बताए । साथै इमान्दारीताको कारणले नै इच्छुकलाई सबैले सम्झीने गरेको उनीहरुको तर्क थियो ।


पे्रस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पे्रस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, राप्ती साहित्य परिषदका उपाध्यक्ष टिकाराम उदासी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष प्रताप रेग्मी, सल्लाकार केएल पीडित लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पुरस्कार एवम सम्मान पाउने तीनै जनाको व्यत्तित्वको बारेमा पत्रकार नरेन्द्र केसीले चर्चा गरेका थिए ।
पे्रस चौतारी दाङका अध्यक्ष जेएन सागरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघका सचिव भुपेन्द वलीले गरेका थिए ।

Advertise with us