अन्तिम सत्य योग : केन्द्रिय प्रभारी मिश्र

Advertise with us

शरद रेग्मी
तुलसीपुर, जेठ १४ । पतन्जली योग समितिका केन्दिय प्रभारी लवदेव मिश्रले जिवनको अन्तिम सत्य योगा भएको बताउंदै सवैकालागी योग अपरीहार्य रहेको बताउनुभएको छ ।

रिपोटर्श क्लव नेपाल दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा साक्षातकार कार्यक्रममा केन्द्रिय प्रभारी मिश्रले योगामा सवैजातजाती, लिंग, धर्म र संस्कृति अटाउने बताउनुभयो । ‘योगामा केहि प्रणायाम विधिले हिन्दुत्वको प्रतिनिधित्व गरेको प्रतित भएपनि खासमा योगा सवै धर्मावलम्विहरुको साझा अभ्यास हो’—प्रमुख प्रभारी मिश्रले भने । योगाका प्रमु्ख रिसर्चर डा सर्लेश टेलेस स्वयम इसाइ धर्मावलम्वि भएको बताउंदै पतन्जली योग समिति प्रदेश नंवर ३ का सदस्य पनि मुस्लीम समुदायका रहेको योग गुरु मिश्रले स्पष्ट पारे ।

Buddha International Hospital
Advertise with us

साक्षातकार कार्यक्रममा बोल्दै मिश्रले योगाको मुख्य उत्पादन भनेको तनावमुक्त जिवन भएको बताउंदै योगा भनेको असत्यलाइ सत्यतर्फ लैजाने माध्यम भएको बताए । ‘योगाले एउटा यस्तो आदर्श व्यक्ति जन्माउंछ, जसले सत्यलाइसत्यतर्फ लैजान्छ, अनि अध्यारोलाइ उज्यालो तर्फ लैजान्छ’—साक्षात्कार कार्यक्रममा प्रमुख प्रभारी मिश्रले भन्नुभयो । साथै पतन्जलीलाइ धर्मान्धता स्वीकार्य नहुने बताउंदै ऊं सव्दको उच्चारणगर्न नमान्ने व्यक्ति लाइ धार्मिक मुर्खको संज्ञा दिए । ‘ऊं सव्द व्यापक अनुसन्धान पछि आएको सव्द हो, कुनै धार्मिक ग्रन्धमा उल्लेख भएको निजिसव्द होइन’, मिश्रले भने । त्यसै अवसरमा बोल्दै मिश्रले नांगो आंखाले देख्ने बस्तु मात्र सत्य नभएको बताउंदै योगकै कारण माइक्रोस्कोपको आविस्कार भएको बताउनुभयो ।

एक अर्को प्रसंगमा अव स्थानिय सरकारदेखि संसद भवन र मन्त्री मण्डल पनि योगमय बन्नुपर्ने उद्घोष गर्नुभयो । त्यसमा राज्यले पनि लगानी गर्नुपर्ने अभिव्यक्ति दिनुभयो । साथै चांडै पतन्जली समितिले दाङलाइ योग जिल्ला घोषणा गर्ने भन्दै न्यसमा न्युनतम मापदण्ड पुरा गर्न पनि स्थानिय सरकारलाइ आग्रह गरे । ‘हरेक वडामा योग केन्द्र बन्नुपर्दछ, अनि ती केन्द्रमा हरेक दिन योगाभ्यास पनि हुनु आवस्यक छ, त्यसपछि दाङलाइ योगजिल्ला घोषणा गरीने छ’—प्रमुख प्रभारी मिश्रले भन्नुभयो ।

कार्यक्रममा पांच नंवर प्रदेश पतन्जली योग समिति प्रमुख प्रेम शाहले योगालाइ दैनिकी बनाउन सुझाव दिंदै चांडै जिल्लालाइ योग जिल्ला घोषणा गरीने बताए । योग प्रशिक्षक तथा तुलसीपुर उपमहानगरपालिका—७ का वडाध्यक्ष टोप वहादुर केसीले तुलसीपुर उपमहानगरपालिकाले अव हरेक टोलविकाश संस्थामा २÷२ जनाका दरले योग प्रशिक्षक बनाउन उपमहानगरपालिका लाग्ने उद्घोष गर्नुभयो । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणि रजौरेले स्वागत गरेकि थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए । शो अवसरमा संघ, प्रदेश, जिल्ला र स्थानिय तहका योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।