एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै छ लाख ठग्ने दाङका भरत खड्का पक्राउ

Advertise with us

दाङ, जेठ १४ । एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङ घर भएका २६ वर्षीय भरत खड्का रहेका छन्।

Buddha International Hospital

उनले गल्फुटार बस्ने कृपा लिम्बू, उर्मिला चौधरी र गोमा विश्‍वकर्मा लगायतलाई एयरहोस्टेजको जागिर लगाई दिन्छु भनी ६ लाख ठगी गरी सम्पर्कविहिन भएका थिए।

Advertise with us

पीडितहरूले उजुरी गरेपछि उनलाई हिजो ९आइतबार० बालाजुबाट पक्राउ गरिएको हो।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।