तुलसीपुरमा साढे तीन करोडका गाडि खरिद

Advertise with us

तुलसीपुर, १४ जेठ ।
तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि साढे ३ करोड बढिका गाडि खरिद भएका छन् । जनप्रनिधि आएको दुई बर्षमा तीन करोड ४५ लाख ३५ हजार सात सय ९६ रुपैयाँका २९ वटा गाडि खरिद गरिएको छ ।

ति मध्ये ५ वटा गाडि निर्माणमा प्रयोग गर्ने गरिएको छ, भने दुई वटा फोहर ब्यबस्थापनमा प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाका अनुसार ति बाहेक २२ वटा गाडिहरु जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रयोग गर्नलाई खरिद गरिएको छ ।

Buddha International Hospital
Advertise with us

नगरपालिकाले मारुती कार १, टेक्ट्रर २, टिप्पर १, व्याक्हु लोडर २, रोलर १, कम्प्याक्टर १, जीप टाटा १, मोटर साईकल १, १५० सिसिको मोटर साईकल ११ र १२५ सिसिको मोटरसाईकल ८ वटा खरिद गरेको हो । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले चढ्ने गाडिको मूल्य ५१ लाख ९० हजार दुई सय ६५ रुपैयाको टाटा जीप रहेको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको लागी मारुती कार खरिद गर्न ३९ लाख १९ हजार ४ सय ६९ रुपैया खर्च भएको छ । त्यस्तै १९ वटा वडा कार्यालय र एउटा जनस्वास्थ्य महाशाखा सहित २० वटा मोटरसाईकल खरिद गर्दा ४१ लाख १४ हजार तीनसय ७९ रुपैया , त्यसैगरी दुई वटा टेक्ट्रर खरिद गर्दा २८ लाख ९० हजार, एउटा टिप्पर खरिद गर्दा ५० लाख ४४ हजार दुई सय ४७ रुपैया खर्च भएको छ ।

त्यस्तै दुई वटा व्याक्हुलोडर खरिद गर्दा ६० लाख ५४ हजार आठ सय ६७, एउटा रोलर खरिद गर्दा ३१ लाख ७२ हजार पाँचसय ६६ र एउटा कम्प्याक्टर गरिद गर्दा ४१ लाख ५० हजार रुपैया खर्च गरेको सूचना अधिकारी खरेलले जानकारी दिनुभयो ।।