उपमहानगरले अग्नि पिडितलाई जस्ता पाता उपलब्ध गराउने

Advertise with us

दाङ, जेठ  । दाङको घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका अग्नि पिडितहरुलाई ५ बण्डल जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ । नगरको आज बसेको ५६ औँ कार्यपालिका बैठकले नगर क्षेत्रका विभिन्न वडाहरुमा आगलागिबाट पिडित बनेकाहरुलाई जनही ५ बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको हो ।

Buddha International Hospital

Advertise with us

वडा नम्बर १, ३ र ५ का १२ वटा घरमा आगलागि भएको छ । आगलागि लगत्तै खाद्यान्न र लत्ताकपडा राहत स्वरुप बितरण गरेको उपमहानगरले अब घरमा छानो हाल्नका लागि प्रत्येक घरलाई ५ बण्डलका दरले जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको प्रबक्ता भरतमणि अर्यालले जानकारी दिनुभएको छ ।

यस अघि उपमहानगरले अग्नी पिडितहरुलाई राहत स्वरुप सहयोग प्राप्तीका लागि प्रदेश सरकारलाई समेत निबेदन सहितको बिबरण पठाईसकेको छ ।