शहिद कृष्णसेनको १७ औँ स्मृति दिवस, चिन्नेहरु भन्छन–‘सालिन र सहयोगी व्यक्तित्व ’


रीता लामा
घोराही, १३ जेठ । स्वर्गीय शहिद कृष्ण सेन इच्छुकको सोमवार १७ औ स्थापना दिवस मनाइदै छ । पत्रकार महासंघको आयोजनामा देशभर इच्छुकको सम्झनामा कार्यक्रम गरिदै छ । भने देशका विभिन्न ठाउँमा स्वर्गीय कृष्णसेन इच्छुकको सम्झनामा स्थापना गरिएका सम्मान तथा पुरस्कार समेत वितरण गरिदै छ ।

Advertise with us


पत्रकार, साहित्यकार, मानवअधिकरकर्मी र राजनैतिक व्यक्तीत्व कृष्णसेन इच्छुक (२०१३–२०५९) ससस्त्र द्धन्द्धको समयमा हिरासतमा मारिनुभयो । पटकपटक गरी दश वर्षसम्म उहाँलाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनाले २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या ग¥यो । उहाँ सरदर ४६ वर्षसम्म मात्रै बाँच्नुभयो ।

Buddha International Hospital

तर उहाँलाई चिन्नेहरु भन्छन् –‘उहाँ मरे पनि जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुन लगाएर जानुभयो ।’
पत्रकारीताको सुरुवात तिर स्वर्गीय पत्रकार इच्छुकका दुइ, तीन वटा मात्रै भाषण सुन्ने मौका पाउनुभएका पत्रकार महासंघका केन्द्रिय सचिव उदय जीएम उहाँलाई सालिनताले भरिपुर्ण व्यक्तित्वको रुपमा चिन्नुहुन्छ । सचिव जिएम भन्नुहुन्छ ‘२०५४ तिर उहाँ जेलबाट छुटे पछि, जिल्ला मै बोलाएर पत्रकार महासंघले सम्मान ग¥यो, त्यो समय उहाँको चर्चा देशभरी हुने गरेको थियो ।’ जिएमका अनुसार इच्छुक निकै भद्र र सालिन तरिकाले अरु सामु प्रस्तुत हुने गर्नुहुन्थ्यो । सालिन भएर, नरम तरिकाले बोल्ने इच्छुकको बानी व्यवहार थियो । जसको कारण सबै पत्रकारहरु उहाँबाट प्रभावित हुनुभएको थियो ।

२०३६ साल देखि नै इच्छुकलाई नजिकबाट चिनेका दाङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष मधुसुधन बैद्य इच्छुक जस्तो व्यक्ति पटक पटक देशले पाउन मुस्किल भएको दावि गर्नुहुन्छ । २०३६ साल तिर इच्छुकले विद्यार्थी राजनीतिक गर्दा आफुहरु पछिपछि लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । विद्यार्थी राजनीति, पार्टी राजनिति देखि पत्रकारीता र साहित्य सिर्जनामा इच्छुकका योगदान अमुल्य रहेको उहाँको बुझाई छ ।

‘हरके हिसावले उहाँ हामी भन्दा अग्रज हुनुहुन्थ्यो तर अनुशण गर्ने खालको व्यत्तित्व थियो ।’ बैद्यले भन्नुभयो ‘व्यक्तिगत जीवन अत्यन्त सरल, सामान्य परिवार, सहयोगी, मिलनसार, सबैलाई चिन्ने, स्पष्ट वक्ता हुनुहुन्थ्यो ।’ सबैलाई मार्ग निर्देशन गर्ने त्यस खालको व्यक्तित्व आफुहले अहिलेसम्म नभेटेको उहाँ बताउनुहुन्छ । इच्छुकले देश र समाजप्रति साहित्य र पत्रकारीतामा सकारात्मक छाप छोडेर गएको उहाँको तर्क छ । साथै इच्छुकको व्यक्तिगत जीवनको छाप पनि सबैले सम्झिने खालको भएको उहाँको बुझाई छ ।

२०३९ देखि २०४२ सालसम्म घोराही र तुलसीपुरको कारागारमा संगै समय विताएका प्रगतिशिल लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा इच्छुक एक गर्व गर्न लाएक व्यत्तित्व भएको बताउनुहुन्छ । अध्यक्ष देवकोटाको शब्दमा इच्छुक स्पष्ट विचारले निर्देशित, व्यवहारमा लचकता, सिद्धान्तमा अडिक, मिलनसार, वर्गिय पक्षधर, आत्मीय, सहयोगी हुनुहुन्थ्यो । कारागारमा रहदाँ इच्छुक हरेक काम गर्दा पनि पद्धतीगत ढंगबाट जाने, थोरै बोल्ने, बोलेको कुरा पुरा गर्ने, साचो र सत्य मात्रै बोल्ने खालका हुनुहुन्थ्यो ।

इच्छुकले लेखेका कथा, कविता, निवन्ध, शोक काव्यहरु सबै कारागार भित्रै लेखिएको देवकोटा सुनाउनुहुन्छ । ‘उहाँले जेलमा बसेर साहित्य सिर्जना गर्नुहुन्थ्यो, लेख्दै सुनाउदै गर्नुुहुन्थ्र्यो ।’ लेखक देवकोटा भन्नुहुन्छ ‘एउटा कविता लेख्न उहाँलाई हप्ता दिन लाग्थ्यो, पटकपटक परिमार्जन गरेर लेख्नुहुन्थ्यो ।’ देवकोटाको अनुसार कृष्णशेन इच्छुक सधै गद्यमा कविता लेख्थे र मिठो लय हालेर सबैलाई सुनाउनुहुन्थ्यो । अरुको रचना पनि निकै ध्यान दिएर सुन्नुहुन्थ्यो । लेखक देवकोटाको अनुभवमा इच्छुक आफु खासै नहास्ने, थोरै बोल्ने तर हाँस्ने खालको बातावरण तयार पार्ने खालको व्यक्ति हुन्थ्यो । इच्छुकले कहिले पनि कसैलाई घोचपेच नगर्ने, हेुपेर नबोल्ने खालका भएको उहाँ बताउनुहुन्थ्यो ।

इच्छुकका हालसम्म शोकाञ्जलि, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरी जस्ता कृषिहरु प्रकाशनमा आएका छन् । कृष्णसेन इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । उहाँ नेपाली दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार हुनुहुन्थ्यो । साथै, उहाँ जनयुद्धका योद्धा पनि भएर ससस्त्र युद्धमा होमीए पनि प्रखर मानव अधिकारवादी भएको उहाँका बारेमा लेखिएका विभिन्न लेख रचना पढ्दा स्पष्ट हुन्छ ।