दंगीशरणमा आगलागी हुदा एक घर जलेर नष्ट

५० हेक्टर भन्दा बढि जंगल क्षेत्र क्षति


दिप्तीशिखा चौधरी

दंगीशरण जेठ,१२ | दंगीशरण गाउँपालिका २ बंगालपुरमा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । स्थानीय जंगलमा लागेको आगोको झिल्का बस्तीमा पुग्दा स्थानीय रतवीर कामीको घर आगोले जलेर नष्ट भएको हो । खरको छानो भएको घर आगलागीबाट नस्ट भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिए ।

Buddha International Hospital
Advertise with us

जंगलमा आइतवार विहानदेखि लागेको आगो बढ्दै बस्तीसम्म पुगेको थियो । दिउँसो जंगलको आगो नियन्त्रण भए पछि बस्ती जोगिएको थियो । प्रेम बहादुर शाहिको नेतृत्वमा पुगेको नेपाल प्रहरी, १९ न. बाहिनीका क्याप्टेन भिमसेन चौलागाईको नेतृत्वमा गएको नेपाली सेनाको टोली , सशस्त्र प्रहरी बल तुलसीपुरका प्रहरी नायव निरीक्षक सत्या बुढाथोकिको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली , इलाका प्रहरी कार्यालय हेकुलीबाट गएको प्रहरी र स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

आगो निभाउँनका लागि तुलसीपुर उपमहानगरपालिकाबाट दमकल गएपनि जंगलको बिच भागमा आगो लागेकाले आगो निभाउँन सहज भएको थियो । आगो सिमयमै आगो नियन्त्रणमा आएकाले गाउँबस्ती सम्म पुग्न नसकेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । चौधरीले जंगलमा लागेको आगो गाउँमा पस्नबाट रोक्न सक्रियता भएकाले ठूलो क्षतिबाट बचेको बताए ।

आगो नियन्त्रणमा लापरबाही भएको भए गाउँ क्षेति हुने अवस्था थियो । आगोका कारण ५० हेक्टर भन्दा बढि जंगल क्षेत्र जलेको छ । आगलागी क्षेत्रको ब्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष भागीराम चौधरी उपाध्यक्ष पिमा खडका, वडा अध्यक्ष श्रीप्रसाद चौधरी, तुलाराम देवकोटा लगायत खटिएका थिए ।

 

यसैबीच आगलागीबाट घर क्षेति भएका रतवीर कामीका परिवारलाई नेपाल महिला सामुदायिक सेवा केन्द्र ले ५ हजार रुपैया सहयोग गरेको देविराम कुसारीले बताए । यस्तै केहि समय अगाडि दंगीशरणको वडा न. १ स्थित फुर्केसल्लीमा आगो लाग्दा ३ घरमा लाखौँ धनमाल जलेर नष्ट भएको थियो ।