अष्ट्रेलिया जान चाहने विद्यार्थीको लागि परामर्श सेमिनार

Advertise with us

दाङ, जेठ १२ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको लागि सम्पुर्ण सहयोग गर्दै आईरहेको एक्पोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज घोराहीले यहि जेठ १५ गते घोराहीमा निशुल्क सेमिनार आयोजना गरेको छ ।

Buddha International Hospital

Advertise with us

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको सम्पुर्ण जिज्ञासा मेटाउनको लागि अष्टे«लियाका विभिन्न पाँच कलेजबाट परामर्शदाताहरु समेत सेमिनारमा आउने एक्पोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज घोराहीका निर्देशक सुनिल राजभण्डारीले जानकारी दिनुभयो । दाङका विद्यार्थीहरुका अष्ट्रेलियाको शिक्षा सम्बन्धी जुन सुकै परामर्श दिने गरी पाँच वटा कलेजका प्रतिनिधिको रुपमा परामर्शदाताहरु यहि जेठ १५ गते दाङ आउन लाग्नु भएको हो ।

राजभण्डारीका अनुसार १५ गते भिग्रेली भिलेजमा सेमिनार आयोजना गरिएको छ । सेमिनारमा विद्यार्थीहरुले अष्ट्रेलियामा प्राप्त गर्न सकिने सुविधा, हुन सक्ने अफ्ठेरो, कुन कलेजमा अध्ययन गर्दा के फाईदा हुन्छ ?, छात्रबृत्ति लगाएतका विभिन्न विषयहरुमा परामर्शदाताहरु सँग जिज्ञासा राख्न सक्ने निर्देशक राजभण्डारीले बताउनुभयो । राजभण्डारीका अनुसार होम्स ईन्स्टिच्युट, काप्लाङ, यूएसक्यू सिड्नी क्याम्पस, क्यूआईविए र ब्राईटन कलेजबाट परामर्शका लागि प्रतिनिधिहरु आउनेछन् ।

डेढ वर्ष पहिले घोराहीमा सञ्चालन भएको एक्पोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज घोराहीले अहिलेसम्म ३२ जना विद्यार्थीहरुलाई अष्टे«लियाका विभिन्न कलेजहरुमा पठाउन सफल भएको छ । यस अगाडी दाङका विद्यार्थीहरुलाई बुटवल र काठमाण्डौमा पुगेर अध्ययन र प्रक्रिया चाल्नु पर्ने बाध्यता रहँदै आएको थियो ।

तर घोराहीमा कार्यालय सञ्चालन भएपछि अहिले धेरै विद्यार्थीहरुलाई सहज भएको छ । नेपालमा प्लस टु देखि माथी अध्ययन गरेर थप अध्ययनका लागि बाहिर जान चाहनेहरुको लागि एक्पोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालय दाङ सहित देशका २० स्थानमा रहेका छन् भने अष्ट्रेलियाका प्रमुख ८ शहरमा कार्यालय रहेको छ । अध्ययनका लागि त्यहाँ जाने विद्यार्थीहरुलाई कुनै पनि समस्या नहुने निर्देशक राजभण्डारीले बताउनुभयो ।