दाङमा संस्थागत विद्यालय ४ दिन बन्द हुने


तुलसीपुर, १२ जेठ | दाङमा अत्याधिक गर्मि बढेपछि संस्थागत विद्यालय चारदिन बन्द हुने भएका छन् । गर्मि बढ्दै गएपछि पठन—पाठनमा असहजता आउन थालेपछि संस्थागत चार दिन बन्द हुने भएका हुन् ।

Buddha International Hospital
Advertise with us

प्याब्सन र एन प्याब्सन दाङले आइतबार संयुक्त विज्ञप्ती निकाल्दै यहि जेठ १४ देखि १७ गते सम्म विद्यालय बन्द गरिने जनाएको छ । प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बुढा र एन प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीद्धारा संयुक्तरुपमा हस्तक्षरित विज्ञप्तीमा गर्मिका कारण विभिन्न रोग तथा भाइरलको संक्रमण बढ्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द हुने उल्लेख गरिएको छ ।

निरन्तररुपमा बढीरहेको गर्मिका कारण विद्यार्थी बिरामी पर्ने गरेका छन् । विद्यालयमा विद्यार्थी बिरामी पर्न थालेपछि स्वास्थ्यको संवेदनशिलतालाई मध्यनजर गर्दै संस्थागत विद्यालयको छाता संगठनले जिल्लाका सबै संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ । विज्ञप्तीमा राष्ट्रिय परिक्षामा विद्यार्थीहरुको कक्षाको पठनपाठनका लागि बैकल्पिक व्यवस्थ ागर्न पनि सम्बन्धित विद्यालयलाई अनुरोध समेत गरिएको छ ।

Advertise with us