विद्युत प्राधिकरणको ध्यानाकर्षण


तुलसीपुर, १२ जेठ | विद्युतको नियमिताको माग सहित नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको ध्यानाकर्षण गरेको छ । विद्युत अनियमिता हुँदा उपभोक्ता मारमा परेको भन्दै नगर समितिले आज प्राधिकरणका निमित्त प्रमुख पुष्पराज मल्ललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

Buddha International Hospital
Advertise with us

लोडसेडिङ मुक्त भइसकेको अवस्थामा विभिन्न बहानामा नेपाल विद्युत प्राधिकरणले लाइन काट्दा उपभोक्ता समस्यामा परेको भन्दै ध्यानाकर्षण गरेको हो । विद्युत अनियमित हुँदा विद्युतिय उपकरणहरु बिग्रने उपभोक्ताले सास्ती पाएकाले विद्युतको नियमितको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिका संयोजक राजिब पाण्डेले बताउनुभयो ।

नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका निमित्त प्रमुख पुष्पराज मल्लले हावाहुरीका कारण केहिदिन यता विद्युत अनियमित हुने गरेको स्विकार गर्नुभयो ।

विद्युत नियमितताको लागि सक्दो प्रयास गरेको बताउँदै उहाँले हावाहुरीका कारण पटक—पटक समस्या आउने गरेको बताउनुभयो । साथै अब विद्युत अनियमिताका अन्त्य हुने समेत बताउनुभयो ।