दाङमा विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने

Advertise with us


दाङ १२ जेठ | जिल्लामा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिको पहलमा आइतवार घोराही उपमहानगरपालिका, स्थानीय प्रशासन,सरकारी कार्यालय,राजनीतिक दलको सहभागितामा भएको बैठकले जेठ १४, १५ र १६ गते विविधि कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

Buddha International Hospital
Advertise with us

बैठकले जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा गणतन्त्र दिवस मुल समारोह समिति समेत गठन गरेको छ । बैठकले १४ गते सरसफाई, १५ गते घोराहीमा प्रभातफेरि र १६ गते ‘गणतन्त्रको सुदृढिकरणमा राजनीतिकदलको भूमिका’विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसै गरेर बैठकले तिनै दिन जिल्लाका सरकारी कार्यालय र घर घरमा दिपावली गर्न लगाउने निर्णय समेत गरेको छ । बैठक समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो ।