रेडियो मध्यपश्चिम द्धारा उद्घोषण र पत्रकारीता तालिम सञ्चालन

Advertise with us

घोराही, १२ जेठ | दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिमको आयोजना एवं घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा ५ दिने रेडियो उद्घोषण तथा विकास पत्रकारीता तालिम आज देखी सुरुभएको छ ।

Buddha International Hospital

Advertise with us

रेडियोका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको बिशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले खोज तथा विकास पत्रकारीता अहिलेको आबस्यकता भएको बताउनुभयो । पत्रकारीता क्षेत्रले विकास र संबृद्धीलाई विश्वासीलो बनाउने भन्दै सत्य पत्रकारीतामा जोड दिनुभयो ।

पत्रकारीता क्षेत्रले गर्ने खवरदारी, साझेदारी, सचेतना र जागरणले नागरिकहरुको अधिकार स्थापित सँगै विकासमा मद्धत पुग्ने उहाँको भनाई छ । त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले दक्ष जनशक्ति उत्पादनले मात्रै कुनै पनि संस्था दिगो ढंगले अघि बढ्ने भन्दै विकास पत्रकारीतामा जोड दिनुभयो ।

पत्रकार महासंघका सचिब भुपेन्द्र वलीले नामका पत्रकारहरु धेरै भएको तर पत्रकारीता गर्नेहरु निकै कम रहेको भन्दै संञ्चार संस्थाले आफै जनशक्ति उत्पादन गर्न तर्फ लाग्नु सकारात्मक भएको बताउनुभयो ।

रेडियोका पूर्ब अध्यक्ष माधवप्रसाद शर्मा, वर्तमान अध्यक्ष शुसिल गौतम, उपाध्यक्ष मधुसुदन बैद्य, सचिब शुदर्शन रिजाल लगाएतकाले बोल्ने कला र पत्रकारीताका बिषयमा ज्ञान दिने गरी तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा घोराही उपमहानगरका १९ वटै वडाबाट एक एक जना सहित अन्य गरी २५ जनाको सहभागिता रहेको छ ।