ग्यास व्यवसायीको भेला सम्पन्न

Advertise with us

दाङ, जेठ १२ । दाङमा ग्यास विक्रिवितरण गर्दै आएका व्यवसायीहरुको भेला एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । दाङ देउखुरी ग्यास विक्रेता संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भेला भएको हो । भेलामा ग्यास विक्रेताहरुको समस्याहरु माथि छलफल गरिएको थियो ।

Buddha International Hospital

Advertise with us

ग्यासको विषयमा ग्राहकहरुको माझमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, संघको तर्फबाट विक्रेतालाई प्रमाणपत्र वितरण गर्ने निर्णय पनि गरेको छ । भेलाले देउखुरी उपसमिति समेत गठन गरेको छ । अध्यक्ष सन्तोष श्रेष्ठले नारायणपुर, तुलसीपुर, हापुरे लगाएत क्षेत्रमा उपसमिति गठन गर्दै दाङ जिल्ला भरीका ग्याँस व्यवसायीहरुलाइ एकताबद्ध बनाएर संघलाई अझै बलियो र प्रभावकारी बनाउदै लैजाने जानकारी गराउनु भयो ।