सधै ओझेलमा चमेरे गुफा

सडक, खानेपानी र प्रचारप्रसार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेन ः स्थानीयबासी

Advertise with us

यमकला भुसाल
तुलसीपुर, जेठ १२ । एसियाकै दोस्रो ठुलो गुफाको रुपमा परिचित चमेरे गुफाको विकास निर्माण सँगसँगै त्यहाँको पर्यटन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने स्थानीयबासीले बताएका छन् । तुलसीपुर नगर जेसीजको आयोजनामा शनिवार तुलसीपुर ४ चमेरे गुफामा आयोजित जेसीज सप्ताह समापन कार्यक्रममा बोल्दै सहभागीले यस्तो जोड दिएका हुन् ।


Advertise with us
चमेरे गुफाको प्रर्वदनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले स्थानीय सरकारले त्यहाँको मुख्य समस्याका रुपमा रहेको बाटोको स्तरउन्नतीका लागि विषेश ध्यान दिनुपर्ने बताए । सहभागीहरुले त्यहाँसम्म पुग्ने वाटो कालोपत्रेका साथै गुफाको प्रचार प्रसार र त्यसको विकाशका लागि आ–आफनो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

Buddha International Hospital


‘ऐतिहासिक चमेरे गुफा भन्ने कुरा विश्वमै चर्चित छ, तर त्यहाँको विकास निमार्णमा उपमहानगरपालिकाले गर्नुपर्ने विकासका कामहरु अझै गर्न सकेन’ सिद्ध चमेरे गुफा सरक्षण समितीका अध्यक्ष भुपबहादुर बुढाले भन्नुभयो । भ्य्ुटावर, केवलकार जस्ता सम्भावना बोकेकोे चमेरे गुफालाई विकास गर्न स्थानीय सरकार र प्रदेश सरकारले गुरुयोजना तयार पार्नु उहाँको भनाई छ । साथै उहाँले त्यहाका स्थानीयवासीको आयआर्जनमा पनि स्थानीय सरकारले योजना छनोट गर्नुपर्ने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी कलिमान रोकाले यस क्षेत्रको बाटो सुधारको लागि कुनै पक्षले चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो । ‘त्यहाँको बाटो ३ मिटर मात्र चौडा छ, विद्युत पोलहरु भाँचिएका छन्, वडा अध्यक्षका कुरा सुन्दा सुन्दै २ वर्ष वितिसक्यो’ उहाँले भन्नुभयो । मुलकोटको पानी तुलसीपुरवासीले सहज रुपमा पिउन पाएका छन्, तर यहाँका स्थानियवासीले पानी त्यहि पाउदैनन्, विहान ३ बजे उठेर पानी लिन जानुपर्छ ।


यहाँ ८५ मिटर मात्र नभएर वार्षिक रुपमा ५ सय मिटर बाटो बनाउनुपर्ने उहाँको माग छ । ४ किलोमिटर बाटो बन्न ४६÷४७ वर्ष लाग्ने देखियो कम्तीमा पनि यस क्षेत्रको विकासका लागी अब १ वर्षे योजनाहरु ल्याउन उहाँले आग्रह पनि गर्नुभयो ।

तुलसीपुर नगर जेसीज वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख माया आचार्यले यस क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरले थोरै थोरै भएपनि बजेट विनियोजन गर्दै आएको र आगामी दिनहरुमा पनि त्यहाँको विकास र स्थानीयको जिविकोपार्जनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एकै पटक सबै विकास नहुने भन्दै विस्तारै सबैसँग सहकार्य गर्दै यस क्षेत्रको विकास गर्ने बताउनुभयो । साथै उहाँले उपमहानगरपालिकाको गहनाको रुपमा रहेको पर्यटकीय स्थल चमेरे गुफाको प्रचार प्रसार र यसलाई विश्वसामु पु¥याउन सके स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य स्थान हुने समेत बताउनुभयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति सयोजंक तथा कार्यपालिका सदस्य देवराज विश्वकर्मा, कार्यपालिका सदस्य दिपक कुमाल, अमर नेपाली, तुलसीपुर नगरजेसीजका पुर्व अध्यक्ष सुर्यप्रसाद शर्मा, तुलसीपुर उद्योग वाणिज्य सँघकी सदस्य सपना बस्नेत, तुलसीपुर नगर जेसीजका बसन्त भण्डारी लगाएतले यस क्षेत्रको विकासको लागि सबैले पहल गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संयोजक भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०१९ का महासचिव मोहन सुनारले गर्नुभएको थियो । जेठ २ गते सुरु भएको जेसीज सप्ताहमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।

चार तला रहेको, सबै तलामा सहजै जान सकिने र चमेराको बसोबासको केन्द्र रहेको गुफा चमेरे गुफाको नामले चर्चित छ । पौराणिक महत्व बोकेको यो गुफा ऐतिहासिक पनि भएको स्थानीयहरू बताउँछन् । गुफा चारतले, भरु¥याङको सहायताबाट एउटा तलाबाट अर्कोमा जान सकिने र सबै तलामा सयौं मानिस सजिलै बस्न सकिन्छ ।

गुफा ३० मिटर अग्लो, १६ मिटर लामो र ७ मिटर चौडा रहेको छ । सबै तलामा जान र बस्न सकिन्छ । गुफाको तल्लो तलामा एक हजारभन्दा बढी मान्छे अट्ने आकारको छ, भने अन्य तलामा सयौंको संख्यामा रहन सक्ने स्थानीय बताउँछन् । प्रचारप्रसार तथा संरक्षण र विकासमा राज्यले चासो नदेखाउँदा पर्यटकीय सम्भावना बोकेको गुफा ओझलमै रहेको स्थानीयको गुनासो रहेको छ । पत्ता लागेको लामो समय बिते पनि गुफाको संरक्षण र विकासमा स्थानीय प्रशासनले समेत चासो नदिएको स्थानीयहरूले बताए ।

गुफामा एक हजार वर्ष पुराना अभिलेखहरू छन् । गुफाभित्र प्राचीनकालका विभिन्न आकृति र स्तुपहरू रहेका छन् । गुफाको भित्री भागमा झण्डै २ सय मिटरको सुरुङ रहेको र सुरुङभित्र प्राचीनकालका विभिन्न खालका चित्र र चिह्नहरू रहेका छन् । गुफामा विभिन्न भगवानका मूर्तिका, जनावरका आकृति, भेषभूषासहितका आकृति र विभिन्न अभिलेख रहेका छन् । १६ वर्ष अगाडि स्थानीयवासीको सक्रियतामा पहिलो पटक गुफाको अवलोकन र चिनारी गरिएको थियो ।

समुद्र सतहदेखि १ हजार २ सय ३० मिटर उचाइमा रहेको चमेरे गुफा ऐतिहासिक, धार्मिक महत्वको भएको स्थानीयको दाबी छ । यो गुफाको प्रचारप्रसार गरी विश्वमै चिनाए एउटा महत्वपूर्ण पर्यटकीयस्थल बन्ने निश्चित छ । गुफा पर्यटकीयस्थलका रूपमा विकास गर्न सके यस क्षेत्रको विकास हुने निश्चित भएकाले चमेरे गुफाको संरक्षण र प्रचारप्रसार गर्न स्थानीयले माग गरेका छन् ।

अहिले पनि सयौको संख्यामा गुफामा चमेराहरु रहेका छन् । अहिले स्थानीयले गुफामा दैवी शक्ति रहेको भन्दै पूजाआजा समेत गर्न थालेका छन् । राज्यले प्रचारप्रसार र संरक्षणको पहल नगरे पनि स्थानीयले प्रचारका लागि गरेको प्रयासले पछिल्लो समय गुफा हेर्न आउने आन्तरिक पर्यटकको संख्या बढेका छन् । दैनिक १५÷२० जना आन्तरिक पर्यटक आउने गरेका छन् । गुफा संरक्षण समितिले र स्थानीयले प्रचारप्रसारमा केही पहल गर्दा अहिले चमेरे गुफा अवलोकन आन्तरिक पर्यटकहरू बढेका छन् ।