तालिमसंगै मौरी र घार उपहार

तुलसीपुर, १२ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेका कृषकलाई आधुनिक मौरी पालन तालिम प्रदान गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल अदिवासी जनजाती महासंघले वडाका २१ जना किसानलाई तालिम प्रदान गरिएको हो ।

कृषकलाई मौरीपालन व्यवसायतर्फ आर्कषित गर्न आधुनिक मौरी पालन तालिम प्रदान गरिएको आदिवासी जनजाती महासंघका सचिव गिरीराज ग्रङ्जाले जानकारी दिए । त्यसअवसरमा तालिममा सहभागी २१ जनालाई १ ÷१ घार मौरी वितरण पनि गरिएको छ ।

Buddha International Hospital
Advertise with us

यसैबीच तालिमको शनिबार समापन गरिएको छ । ५ गतेदेखि शुरु भएको तालिमको शनिबार समापन गरिएको हो । नेपाल आदिवासी जनजाती महासंघ तुलसीपुर—१ का अध्यक्ष भिमबहादुर कुमालको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

तालिम समापनको अवसरमा वडा अध्यक्ष भण्डारीले प्रशिक्षार्थीलाई सिप व्यवहारमै कार्यान्वयन गर्न आग्रह गरे । उनले वडाले अहिले परिक्षणका लागि एक घार मौरी उपलब्ध गराएको बताउँदै किसानको माग अनुसार थप गर्नपनि सकिने बताए । समापन अवसरमा नेपाल जनजाती महासंघ तुलसीपुर नगर समितिका अध्यक्ष नरेशराज भण्डारी, सचिव गिरीराज ग्रङजा , प्रशिक्षक दामोदर बस्याल र प्रशिक्षार्थी राधा थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव पुरन आचार्यले गरेका थिए ।।

Advertise with us